‘मिस नेपाल कर्भी’ आयोजना हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा काठमाण्डौमा ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा अलिक फरक किसिमको हुन लागेको फरिया सेन्टरले जानकारी दिएको छ। राजधानी काठमाण्डौमा यस कार्यक्रमको जानकारी दिनका लागि पत्रकार सम्मेलन गरिएको थियो ।

शरीर चट्ट मिलेको जिउडाल राम्रो भएका युवतीले मात्र सौन्दर्य प्रतियोगितामा भाग लिनु पर्ने भन्ने मान्यतालाई यस सौन्दर्य प्रतियोगिताले तोड्दै सबै किसिमका रुप रंग भएका हरुले पनि भाग लिन सक्ने बताइएको छ। संसारमा महिलाहरुको क्षमताको कुरा गर्दै खालि बाहिरि सौन्दर्य प्रतियोगिता मात्र हुने भएकाले भित्रि प्रतिभा र क्षमतालाइ नै बृद्दि गराई महिलाहरुमा हौसला प्रदान गर्ने यो प्रतियोगिताको लक्ष्य रहेको छ। उमेर ढल्दैमा र शरीर मोटो हुदैमा कोहि महिला पनि प्रतिभाबिहीन र कम्जोर हुन्छन भन्ने हुदैन। त्यसैले अब सबै महिला उद्यमशिल र सामाजिक बन्नु पर्दछ भन्ने हेतुले यो प्रतियोगिता संचालन गर्न लागेको हो।

प्रतियोगिताको लागि काठमान्डौ लगायत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका ३० जना महिलाहरुलाई क्लोज क्याम्पमा राखेर १५ दिने पूर्णकालीन तालिम प्रदान गरिने छ। आगामि भदौ १२ गते ठमेलको छायाँ सेन्टरमा ग्रान्ड फिनाले गरिनेछ। बिजेता लगायत अन्य प्रतिस्पर्धीहरु देशका विभिन्न ठाउहरुमा पनि भाग लिई उद्यमशीलता र सामाजिक तालिमहरु प्रदान गर्नेछन। यस वर्षदेखि सुरु गरिएको यो सौन्दर्य प्रतियोगिता आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताइएको छ। यस कार्यक्रमा पश्चात सात वटा प्रदेशका सात वटा शहरका बिद्यालयमा गयर सेनीटरी न्याप्किनको बारेमा जानकारी दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.