आर्यन र प्रियंका बने रोमान्टिक,‘हजार जुनी सम्म’ गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’ को रोमान्टिक गीत रिलिज भएको छ । आर्यन सिग्देल र प्रियंका कार्की फिचर्ड गीत रोमान्टिक बनेको छ । सुगम पोखरेलको स्वरमा रहेको ‘सत्य सत्य’ बोलको गीतमा शब्द मानस बिक्रम थापाको रहेको छ भने संगीत प्रविन पौडेलको रहेको छ। गत बिहिबार बाट प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनी सम्म’ यति बेला देशभर प्रदर्शन भईरहेको छ ।

चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘हजार जुनी सम्म’ पूर्ण रुपमा पारिवारिक र प्रेम कथामा निर्माण भएको निर्माणपक्षले बताएको छ । केही महिनादेखि नेपाली चलचित्र नचलिरहेको समयमा यो चलचित्रले व्यापारिक खडेरी भर्ने अपेक्षा गरिएको छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ ।कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङको लगानी छ ।