बेलायतमा धमाधम छायाँकन हुँदै ‘कैदीको पत्र’


सेलिब्रेटी नेपाल

काठमाडौँ: साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा चलचित्र निर्माण गरिरहेका छन् ।२६ जुलाईबाट बेलायतकाबिभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’को निर्देशन बैराग आफैले गरेकाछन् । त्यतिमात्रै होइन चलचित्रको पटकथा, सम्वाद र गीत पनि उनी स्वयम्ले लेखेकाहुन् ।

अध्ययनको क्रममा नेपालबाट बेलायतपुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाटसृजनाभएको बिषम परिस्थितिको बिषयमा रहेको चलचित्रको एउटा गीतको छायांकनका क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्रीउपस्थितभएकाथिए । राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएकाछन् ।

चलचित्रमा म्याडिसनलाजारस,कुनालबिश्व,सलिनाथापा मगर,पृथ्वी क्षेत्री,किरणकार्की, क्यारी डुड्स,चरणप्रधान,मनिषश्रेष्ठ, सुस्मिताथापा, सुवर्ण थापाले अभिनय गरेकाछन् । रामेश्वर कार्कीको छायांकन,कबिराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्धनिर्देशन,सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीतरहेको चलचित्रको मुख्य सहायकनिर्देशक रामशरणकोइराला र सहायकनिर्देशक सुस्मिताथापाहुन ।

कलिना–रुबिन श्रेष्ठ,हिरालआमीनजोशी र दिलघले निर्माता रहेको चलचित्रकोहालसम्म ५० प्रतिशतछायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएकाछन् । चलचित्र सुटिङकालागि केही साता अघि प्राबिधिकको एक टोलि काठमाडौबाट बेलायत उडेको थियो।

हाल सम्म स्कटल्याण्डको क्रिफ,आवरफेल्दी,केनमोर,किलिङ्ग,ग्लास्को,ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’को छायांकन सकिनअझै दुई साताबढी समय लाग्ने बताइएको छ ।