वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि


सेलिब्रेटी नेपाल

काठमाडौं: वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको बिहीबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिए।

स्व. दीक्षितको अन्त्येष्टिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत सहभागी भए ।

स्व. दीक्षितको शव श्रद्धाञ्जलिका लागि कालिकास्थानस्थित उनको निवासमा उनको राखिएको थियो । निवासमा पुगेर उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले श्रद्धाञ्जलि दिएका थिए।

बिहीबार बिहान करिव चार बजे कालिकास्थानस्थित घरमै उनको निधन भएको हो । केहिदिन अघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । हाल सम्म पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए । मदनमणि दीक्षितको जन्म काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.