बिहिबार नै ‘हजार जुनी सम्म’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ:प्रत्येक साता शुक्रबारमात्र नेपाली चलचित्र प्रदर्शनमा ल्याउने नियम भन्दा बाहिर गयर आज बिहिबारबाट नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जनैपूर्णिमाको अवसर भन्दै बिहिबार नै नयाँ चलचित्र रिलिज गरिएको हो । आजबाट विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएको छ । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘हजार जुनी सम्म’ पूर्ण रुपमा पारिवारिक र प्रेम कथामा निर्माण भएको निर्माणपक्षले बताएको छ । केही महिनादेखि नेपाली चलचित्र नचलिरहेको समयमा यो चलचित्रले व्यापारिक खडेरी भर्ने अपेक्षा गरिएको छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ ।कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङको लगानी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.