राष्ट्रिय नाँचघरमा गाईजात्रे विशेष हास्यव्यङ्ग्य कार्यक्रम


सेलिब्रेटी नेपाल

काठमाडौँ:गाइजात्राको अवसरमा यसवर्ष पनि सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौँको जमलमा ‘गाइजात्रा २०७६’ हुने भएको छ। श्रावण ३१ गते शुक्रबार दिनको ११ः०० वजे र ३२ गते शनिबार दिनको २ः०० र ५ः०० वजे हाँस्यव्यंग्यको कार्यक्रम “गाइजात्रा २०७६” प्रस्तुत हुने भएको हो।

यसमा धरै वर्षदेखि नेपाली हाँस्य जगतमा ख्याति प्राप्त गरिसकेका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ। जसमा प्रभाकर देव शर्मा, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, दमन रुपाखेती, लक्ष्मण गाम्नागे, बिष्णु सापकोटा (हर्के हल्दार), राजन थापा, घनश्याम गौतम (नक्कली प्रचण्ड), सुरेश तिमल्सिना (नक्कली के.पि. ओली), दिलिप तामाङ, पुष्पराज अवस्थी, शशि थापा (प्यारोडी), सुबी शाही (नृत्य), बिपिन घिमिरे (गीत) रहने छ। गाइजात्रे विषेश कार्यक्रमको उद्घोषण भने सन्तोष खनाल (फिल्मी किरो) ले गर्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.