राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान सिन्धुपाल्चोकको नयाँ कार्य समिति चयन


सेलिब्रेटी नेपाल

काठमाडौँ: हाम्रो अभियान , लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान , नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानको तेस्रो साधारण सभा एवम दोस्रो अधिबेसनले नयाँ कार्य समितिको चयन गरेको छ । कार्यक्रम अध्यक्ष योगेश लामाको सभाध्यक्ष र राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयको हो ।

नयाँ कार्यसमिति पुन: योगेश लामाकै अध्यक्षमा गठन भयको छ । समितिमा प्रथम उपाध्यक्ष प्रदिप रोक्का , दित्तिए उपाध्यक्ष होम सुवेदी , महिला उपाध्यक्ष राधिका ढकाल, सचिव सपना थापा , सह-सचिव आस्मान लोप्चन , कोषाध्यक्ष रिता बुढाथोकी , सह-कोषाध्यक्ष सरिता थापा मगर , सदस्यहरु रचना थापा , रेणु नेपाल, मदन कुमार थापा , साईमन भट्टाई , सागर प्रधान , रेशम प्रधान , सुनिता दुलाल , सरोज परियार , विबेक चौलागाई , सबिना कुँवर, सपना गुरुङ र मैयाँ थापा मगर रहेका छन ।

कार्यक्रममा प्रतिष्ठानका प्रदेश -३ का अध्यक्ष बाशु सिम्खडा , प्रदेश सचिव भरत बर्लाकोटि, उपत्यका सदस्य भिम्सेन खतिवडा लगायत विभिन्न जिल्लाबाट उपस्थित भएका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा अन्य संस्थाहरुलाई कदर पत्र पनि प्रदान गरिएको थियो।