अनमोल बन्ने भए ‘एन्टी हिरो’


सेलिब्रेटी नेपाल

काठमाडौँ: दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको लागेको चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ। ‘एन्टी हिरो’मा सुपरस्टार अनमोल केसी एक्सन लभस्टोरीमा देखिनेछन। चलचित्रको निर्माता भुवन केसी हुन् । चलचित्रमा अनमोलसँगै अभिनेता भुवन केसी भिलेनको भुमिकामा प्रस्तुत हुनेछन् । चलचित्र ‘एन्टी हिरो’ मा निर्देशक र अन्य कलाकार को-को रहने भन्ने चाँडै फाइनल हुने निर्माता तथा अभिनेता भुवन केसीले बताए ।

चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ । गत वर्षको अन्तिममा रिलिज ‘ए मेरो हजुर ३’ पश्चात अनमोलले नयाँ चलचित्र गर्न लागेका हुन् । ‘ए मेरो हजुर ३’ सुपरहिट भए पछि अनमोलको माग आकासिएको थियो । बाहिरी व्यानरबाट थुप्रै चलचित्रको अफर आए पनि अनमोलले होमप्रोडक्सन कै चलचित्र छनोट गरेका हुन् । चलचित्रको निर्देशक को हुने भन्ने फाइनल भइ सकेको छैन। चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण टिमको रहेको छ।