दशैं रिलिज : ‘रातो टीका निधारमा’ असोज १० मा, ‘छ माया छपक्कै’ कहिले ?


सेलिब्रेटी नेपाल

काठमाडौं: दशैंको बिदामा चलचित्रको ब्यापार राम्रो हुन्छ। त्यसैले त दशैंमा आफ्नो चलचित्र प्रदर्शन गर्न निर्माता/निर्देशकहरु तछाडमछाड गर्छन्।

यसवर्ष छायांकनदेखि नै अशोक शर्माको ‘रातो टीका निधारमा’ र आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को प्रस्तुती रहेको ‘छ माया छपक्कै’ले दशैंमा चलचित्र प्रदर्शन हुने घोषणा गरेका थिए। तर मिति भने तोकेका थिएनन्।

अशोक शर्माको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रातो टीका निधारमा’को बुधबार सार्वजनिक गीतमा समेत प्रदर्शन मिति दशैं मात्र उल्लेख छ।

अन्तत: अशोकले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत असोज १० लाई प्रदर्शन मिति तोकेका छन्। योसंगै ‘छ माया छपक्कै’ले कहिलेलाई प्रदर्शन मिति तोक्ने हो? सबैमा चासोको विषय बनेको छ। यी दुबैलाई वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.