पाँच दर्जनभन्दा बढिलाई फेसन एण्ड मोडल अवार्ड


सेलिब्रेटी नेपाल

काठमाडौं: पेजेन्ट नेपाल ईन्टरनेशनलले नेपालकै ईतिहासमै पहिलो पटक आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड जितेकी छिन् । समारोहमा मिस नेपाल २००० उषा खड्गीले इभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् ।

काठमाडौंमा आयोजित एक भव्य समारोहमा नेपालको फेसन तथा मोडलिङ क्षेत्रमा योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरुलाई विभिन्न चार दर्जनभन्दा बढि विधामा पुरस्कृत गरिएको हो ।

गीत, संगीत, नृत्यसहितको उक्त रमाइलो समारोहमा एमाजन इन्टरटेन्मेन्टले बेस्ट इभेन्ट अर्गनाइजरको अवार्ड जित्यो भने रोजिन शाक्यले बेस्ट पिजेन्ट एमसीको अवार्ड जिते । कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले बेस्ट इभेन्ट मेनेजरको अवार्ड जिते । रमेश श्रेष्ठले बेस्ट सेट डिजाइनरको अवार्ड जित्दा काष्टमण्डप टेलिभिजनले भने बेस्ट पेजेन्ट टिभी च्यानलको अवार्ड जित्न सफल भयो ।

समारोहमा साप्ताहिकका वरिष्ठ उप–सम्पादक कृष्ण भट्टराईले भने बेस्ट फेसन जर्नालिष्टको अवार्ड जित्न सफल भए ।

एवार्ड अन्तर्गतको अर्गनाइजर विधातर्फ मिस नेपालको आयोजक संस्था हिटन ट्रेजरका गोपाल सुन्दर लाल कक्षपतीले बेस्ट मिस पेजेन्ट अर्गनाइजरको अवार्ड जित्न सफल भए । यही विधामा बेस्ट मिस्टर पेजेन्ट अर्गनाइजरको अवार्ड मिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतले जितिन् । बेस्ट कम्युनिटी बेस्ड पेजेन्ट अर्गनाइजरको अवार्ड पेज थ्रि हउटे कउटरले जित्यो । बेस्ट किड्स पेजेन्ट अर्गनाइजरको अवार्ड इनोभेसन इभेन्ट्स म्यानेज्मेन्टका महेश केसीले जिते ।

फेसन डिजाइनर विधातर्फ रविन क्रिएसनका रबिन परियार तथा वाउ फेसन बुटिककी पुष्पा राई चालिसेले बेस्ट फेसन डिजाइनरको एवार्ड जित्न सफल भए । ड्रिम वेयर फेसन द बुटिककी मञ्जु बन्जारा ढकालले बेस्ट फेसन डिजाइनर अफ द इयरको अवार्ड जितिन् ।

समारोहमा डा।रेखा थापाले बेस्ट कस्मेटोलोजिस्ट, तेन्जु योञ्जनले पपुलर फेसन स्टाइलिष्ट, गौरा राईले बेस्ट मेकअप आर्टिष्ट तथा रक्की श्रेष्ठले बेस्ट हेयर स्टाइलिष्टको अवार्ड जित्न सफल भइन् ।

कोरियोग्राफर विधातर्फ हिमानी सुब्बा तथा अनिष महर्जनले बेस्ट कोरियोग्राफरको अवार्ड जित्न सफल भए । रोजिन शाक्य तथा जयन सुब्बा मानन्धरले भने लिजेन्ड्रि फेसन कोरियोग्राफरको अवार्ड जिते ।

मोडल विधातर्फ रुबिस्का श्रेष्ठ (मोडल हन्ट नेपाल–२०१८) शेराप ग्याट्सेन लामा (मेन एट्टीच्यूट नेपाल) ले बेस्ट फेसन मोडलको अवार्ड जिते । चलचित्रका अभिनेता समेत रहेका दिक्पाल कार्कीले पपुलर ईन्टरनेशनल नेपाली मोडल (मिस्टर मोडल अफ द वर्ल्ड २०१८/इन्टरनेशनल मोडल) को अवार्ड जित्न सफल भए भने कला सुब्बालाई लिजेन्ड्रि मोडलको अवार्ड प्रदान गरियो ।

मिसेस विधातर्फ शैल्जा शाह (फेस अफ ब्युटिसियन भक्तपुर–२०१९) ले पपुलर पेजेन्ट टाइटल विनर प्रोफेसन बेस्ड (मिसेस) को अवार्ड जितिन् भने दुर्गा पौडेल (मिसेस ग्लोबल नेपाल-२०१९) ले पपुलर पेजेन्ट टाइटल विनरको अवार्ड जितिन् । सिलाष्मा मल्ल (ब्युटिसियन नेपाल) ले भने पपुलर मोडल (मिसेस) को अवार्ड जितिन् ।

टिन विधातर्फ प्रिया मल्ल तथा स्वागत मल्लले पपुलर मोडल टिनको उपाधि जित्न सफल भए । गिर्वाणी चिकम्बन्जरले बेस्ट र्याम्प मोडल (टीन) को अवार्ड जितिन् भने रोजेस चिकन्बन्जर तथा निक्की लवाजुले पपुलर टाइटल विनर टिनको उपाधि जित्न सफल भए ।

किड्स विधातर्फ प्रिथा गुरुङ तथा प्रिन्स प्रसिद सिंह ठकुरीले पपुलर मोडल किड्सको उपाधि जित्न सफल भए भने वैभवी शाह तथा अभिनव श्रेष्ठले पपुलर टाइटल विनर किड्सको उपाधि जिते ।

बेस्ट पेजेन्ट अर्गनाइजर (मोफसल) को उपाधि ब्राइट इभेन्ट म्यानेज्मेन्ट, दोलखाका राजन बुढाथोकीले जिते भने पपुलर मोडल (मोफसल) को उपाधि इटहरीका क्षितिज पोखरेलले जिते । काभ्रेकी ममता तामाङले पपुलर टाइटल विनर टिन (मोफसल) को उपाधि जितिन् । मेरिना तुम्सा लिम्बुले पपुलर टाइटल विनर (मोफसल) को उपाधि जिते । झापाका प्रनित पुडासैनीले बेस्ट फेसन कोरियोग्राफर (मोफसल) को अवार्ड जित्न सफल भए ।

समारोह झापाका बिरेस राईले इमर्जिङ फेसन डिजाइनरको अवार्ड जिते भने भेषराज खत्रीले इन्फ्ल्यूइन्सियल टाइटल विनरको उपाधि जिते । निशु महर्जनले पपुलर टाइटल विनर प्रोफेसन बेस्ड (मिस) तर्फको अवार्ड जितिन् भने इभान राजा श्रेष्ठले बेस्ट र्याम्प मोडल (किड्स) को अवार्ड जित्न सफल भए ।