प्रथम नायिकाको ‘साइनो’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘साइनो’ प्रदर्शनमा आएको छ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्रले केहि दिन अघि चितवनमा विशेष शो गरेको थियो बिशेष शो मा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो ।

आजबाट नै बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र हो ‘काँचुलीले’पनि प्रदर्शन आरम्भ गरेको छ । कला राईको प्रस्तुती रहेको चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेका छन् ।

आज बाट नै दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्र ‘रे’ पनि प्रदर्शनमा आएको छ । सगुन फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा पुर्णिमा लामा, क्रान्ति बराइली, अभिषेक जोशी, रक्षा गुरागाई लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । चलचित्रको कथा पनि निर्देशक पौडेलले नै तयार पारेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.