नीताको साहारा बन्दै प्रज्वल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’ मा समाबेश ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने चलचित्रको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको छ । शंकर अधिकारी घायलले लेखेको सार्वजनीक गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ ।

पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको चलचित्रमा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रका अन्य कलाकारमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायत छन् ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको चलचित्र बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको ‘सोच’ मा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।