बजेट अभाव भएपछि निर्मात्री बनेकी नम्रता


सेलिब्रेटी नेपाल

काठमाडौं:अभिनेत्री नम्रता श्रेष्ठलाई यसअघि दर्शकले प्रायः लभस्टोरी चलचित्रमा देख्दै आएका छन्। तर, अहिले नम्रता एक्सन चलचित्रका साथ पर्दामा आउँदैछिन्। उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र ‘जाइरा’ आउँदो भदौं ६ गतेबाट प्रदर्शनमा आउँदैछ।

चलचित्रमा नम्रता अभिनेत्री मात्र होइनन् निर्मात्री पनि हुन्। बुधबार ट्रेलर रिलिज कार्यक्रममा उनलाई सोधियो,– अरु निर्माता/निर्देशकले यस खालको भूमिकामा अफर नगरेपछि आफै लगानी गर्नुभएको हो? त्यसपछि रोचक कुरा निस्कियो। उनी त चलचित्र बनिसकेपछि पो निर्मात्री बनेकी रहेछिन्।

‘चलचित्रको छायांकन त सकियो । तर अन्य कामका लागि हामीलाई बजेट अभाव भयो’ नम्रतालाई सोधिएको प्रश्नको जवाफ दिँदै निर्देशक आशुतोषराज श्रेष्ठले भने, –‘त्यसपछि बाहिरी पार्टनर ल्याउनुभन्दा म लगानी गर्छु भनेर नम्रताजीले लगानी गर्नुभयो।’

बदलाको कथामा निर्माण भएको चलचित्रमा नम्रताका साथमा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ, सुजाता श्रेष्ठ, सम्राट मगर प्रमुख भूमिकामा छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.