धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’औपचारिक घोषणा


सेलिब्रेटी नेपाल

काठमााडौं: हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चलचित्र बनाउने हल्ला चलेको धेरै समय भयो। अब भने उनिहरुले चलचित्र बनाउने पक्का भएको छ। ‘धुर्मुस–सुन्तली’ले ‘सेन्टी भाइरस’ नामक चलचित्र बनाउने भएका छन्। बुधबार राजधानीमा एक कार्यक्रमकाबीच यो चलचित्र निर्माणको घोषणा गरिएको हो। भाद्र ३ गते बाट छायांकनमा जाने उनिहरुले जनाएका छन्। सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन्। चलचत्रिको दिपक आचार्य र कुमार कट्टेलले तयार पारेका हुन्। चलचित्रको निर्माता डिन्डु लामा ह्योल्मो हुन् ।

चलचित्रमा ‘धुर्मुस–सुन्तली’कै मुख्य भूमिका रहनेछ। साथमा दयाहाङ राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन बिक्रम राई, बसन्त भट्ट लगायतको चलचित्रमा अभिनय रहनेछ। ‘सेन्टी भाइरस’लाई शैलेन्द्र डि. कार्कीले खिच्नेछन् भने चलचित्रमा राजनराज शिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.