‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्याजेन्ट नेपाल ईन्टरनेशनलले नेपालमा पहिलो पटक ‘फेसन एण्ड मोडल अवार्ड २०१९’ आयोजना गर्दैछ। यही साउन २३ गते बिहिबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिने एउटा विशेष समारोहमा उक्त एवार्ड प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

आयोजक संस्थाका प्रवन्ध निर्देशक मिथुन थापाका अनुसार नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत गरिने उक्त समारोहको तयारी अन्तिम चरणमा पुगेको छ।

समारोहलाई भव्य रुपमा सम्पन्न गर्नका लागि अधिकांश तयारी पुरा भएको प्रवन्ध निर्देशक थापाको भनाइ छ। उनी भन्छन्, ‘नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रका अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रमा अवार्ड वितरण नहुने भएकाले मोडलिङ तथा फेसन क्षेत्रको रौनक बढाउन यो समारोह आयोजना गर्न लागिएको हो।’

प्रवन्ध निर्देशक थापाका अनुसार फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय हरेकलाई यहि क्षेत्रमै केही गर्छु भनेर लागि पर्न तथा उनीहरुको भविष्य सुनिश्चित गर्नका लागि समेत यो समारोह आयोजना गरिएको हो।

बिहिबार दिउँसो ४ बजेपछि रेड कार्पेटसहित सम्पन्न हुने अवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरु करिश्मा मानन्धर, रमेश उप्रेती, अञ्जु पन्त, आनन्द कार्की, धीरज राई आदिको समेत सहभागिता रहने छ। कार्यक्रममा उषा खड्गीसहितका पूर्व मिस नेपालहरुले पनि सहभागिता जनाउने छन्।

समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट फेसन फोटोग्राफर आदि विधामा अवार्ड प्रदान गरिने छ।

फेसन एण्ड मोडल अवार्ड वितरण समारोहमा रमाइलो सांस्कृतिक प्रस्तुतिहरु समेत रहने छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.