‘साइनो’टिम मोफसल दौडमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: साउनको २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘साइनो’को टिम अहिले मोफसल दौडमा छ । विशेषगरि, चलचित्र रिलिजको केही दिन मात्र बाँकी रहँदा मोफसलका दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यले टिम देश दौडाहामा लागेको हो । चलचित्रको मोफसल दौडमा अभिनेत्री मिरुना मगर, अभिनेता राजकुमार लगायतको टिम सहभागी छ ।

रमेश थापाको निर्देशनमा नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा बनेको यो चलचित्रमा मिरुना मगर, नीता ढुंगाना, राजकुमार, भुवन चन्द, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको टिम पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चितवन पुगेको छ । चलचित्रको आज चितवनमा विशेष शो समेत आयोजना हुँदैछ । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।