विराज र निकिताको ‘साङ्लो’ कार्तिक १५ मा


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्सन स्टार विराज भट्ट र ‘मिस नेपाल वर्ल्ड’ निकिता चान्डक स्टारर चलचित्र ‘साङ्लो’ कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । एक्सन लभस्टोरी चलचित्रको यति बेला पोस्ट-प्रोडक्सनको काम भै रहेको छ । छठपर्वको विदालाइ टार्गेट गरेर यो मिति जुराईएको हो ।

यसपटक विराज आफ्नै निर्माण, निर्देशन र अभिनय मार्फत दर्शकमाँझ आउदैछन् । प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि मुख्य अभिनय रहेको चलचित्र लाई सुदुरपश्चिमको रमणीय ठाउँमा छायांकन गरिएको छ ।

बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित चलचित्रमा तेज बहादुर खड्काको पनि लगानी छ । शिवम अधिकारीले पटकथा/संवाद लेखेको चलचित्रमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.