मनोबैज्ञानिक रहस्यमा कर्मा र भोलाराजको ‘षट्कोण’


सेलिब्रेटी नेपाल

काठमाडौँ: मिलन डी काप्रीको निर्देशनमा चलचित्र ‘षट्कोण’ । मनोबैज्ञानिक रहस्यमा आधारित हुने चलचित्रमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक विराज कडरिया र शिशिर बनेम फाइनल भैसकेका छन् । आइतबार राजधानीमा घोषणा गरिएको चलचित्र भदौ १८ देखि छायाँकनमा उत्रिनेछ । काठमाडौँ र भीमफेदीमा खिचिने चलचित्रको लागि महिला कलाकारको खोजि भैरहेको छ ।

क्लेमेन्टाइन प्रोडक्सन प्रालिको निर्माण रहनेचलचित्रमा शिशिर बनेमको कथा पटकथा र महेश दवाडीको संवाद रहनेछ । असेष लुइँटेलले मुख्य सहायक निर्देशनको भूमिका निर्वाह गर्नेछन् ।सुरज आचार्य प्रोडक्सन हेड रहेको चलचित्रमा आङछेन लामाको छायाँकन, विशेष पाण्डेको ध्वनि संयोजन र मनोजको निर्माण नियन्त्रण रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.