नीता र मिरुनाको ‘साइनो’ हेर्न १६ वर्ष मुनिकालाइ अभिभावक चाहिने


सेलिब्रेटी नेपाल

काठमाडौं: यहि श्रावण २४ गते बाट प्रदर्शन हुन लागेको चलचित्र ‘साइनो’ ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने भनेको छ ।

चलचित्र ‘साइनो’ले पिजी सर्टिफिकेट पाएपछि पनि निर्देशक रमेश थापाले चलचित्र सबै उमेरका दर्शकले निर्धक्कका साथ हेर्न सकिने बताए । उनले सेन्सर बोर्डको काम नै चलचित्र हेरेर सर्टिफिकेट दिने भएकाले यसबारेमा केहि नबोल्ने बताए । तर उनले चलचित्र ‘साइनो’ मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको दाबी गरे ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘साइनो’मा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्रलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.