’21st Love’ को दोश्रो सिजन ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: एशिएन म्युजिक प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको वेब सिरिज ’21st Love को दोश्रो सिजन ’21st Love'(Season of love 2) को ट्रेलर सार्बजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै वेब सिरिजको ट्रेलर सार्बजनिक गरिएको हो । एक्काइस भाग निर्माण गरेर पहिलो सिजन सकिएको थियो । अब दोस्रो सिजन पनि २१ भागको नै रहने निर्माता इश्वर गुरुङले बताए । माया प्रेमको कथा नै समेटिने सिरिजमा पहिलो सिजन भन्दा दोश्रो सिजन अझै उत्कृस्ट बनेको निर्माण टिमको दावी छ । पहिलो सिजनलाई दर्शकले राम्रो साथ दिएका थिए र सिरिजले राम्रो प्रतिक्रिया पनि पाएको थियो ।

भिवोर पोखरेलले निर्देशन गरेको सिरिजको कथा पनि उनले नै लेखेका हुन् । सिरिजको निर्माता इश्वर गुरुङ हुन् भने सह निर्माता खगेन्द्र श्रेष्ठ र दिपेन्द्र तामाङ रहेका छन् । मिलन शंकरले छायांकन गरेको सिरिजलाइ नहकुल खड्काले सम्पादन गरेका छन् ।

सिरिजमा अनुष्का अधिकारी,संयोग गुरागाईं,रिजन थापा,स्नेहा अधिकारी,कविता आले,स्मृति श्रेष्ठ,फिरोज बस्नेत,कौशल नेपाल,राज राथोड,कमल अधिकारीको मुख्य अभिनय रहेको छ । जीवन अधिकारीको मुख्य सहायक निर्देशन, पुजा शाहीको मेक अप रहेको छ। सिरिजलाई टेलिभिजन च्यानल, आइ फ्लिक्स र यु ट्युब मार्फत रिलिज गरिने निर्माता गुरुङले जानकारी दिए ।