अमेरिकामा मिस नेपाल अनुष्कालाई सम्मान र सहयोग


सेलिब्रेटी नेपाल

काठमाडौं: मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ अमेरिकामा सम्मानीत भएकी छिन् । अनुष्कालाई क्यालिफोर्नीया स्थिति हिमालयन फाउन्डेशन क्रपले बिहीबार एक समारोह आयोजना गरि सम्मान गरेको हो । केही दिनदेखि अमेरिका भ्रमणमा रहेकी उनलाई सो कार्यक्रममा ३८ सय डलर सहयोग रकम प्रदान गरिएको छ ।

सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा बिद्यमान चेलीबेटी बिचबिखन समस्यामा निर्मुल पार्न र त्यहाँको बिकास निर्माणमा अनुष्काले सहयोग गरिरहेकाले क्यालिफोर्नीयाको बे–एरियामा रहेका नेपालीबीच आयोजीत अन्तरक्रियाबाट सो रकम संकलन गरिएको हो । आयोजक हिमालयन फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए ।

अन्तरक्रिया कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सृजना गर्न लागीरहेको बताइन् । जसलाई ठूलो रकम चाहिने भएकाले आफू अभियानमा लागेको उनले खुलाइन् । बिश्वमा जहा रहे तापनि सबै नेपालीमा सहयोगी भावना पाएकाले आफू सफल हुने बिश्वास उनले ब्यक्त गरिन् । हिमालयन फाउन्डेसनका संस्थापक यज्ञलालले आफूले अनुष्काको अभियानमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै हरेक नेपालीले समाजसेवी भावना बिकास गर्नुपर्ने धारणा राखे ।

तेक्वान्डो खेलाडी लक्ष्मण ऐर क्षेत्रीलाई उनले खेलजगतमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको कार्यक्रममा हिमालयन रियल स्टेज ग्रुप क्यालिफोर्नीयाका अध्यक्ष सुरज पाख्रिन, हिमालयन फाउन्डेशन क्रपका संयोजक प्रमीश ढकाल, नान्सका अध्यक्ष इश्वर सिटौला, फिल्म निर्देशक श्याम भट्टराई, क्यालिफोर्नीया तमु समाजका उपाध्यक्ष कुमार दोंगलगायतले मिस नेपाल अनुष्कालाई शुभकामना ब्यक्त गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.