राजेश हमालको बिहे हुने भयको हो त ?


(सेलेब्रेटी नेपाल) ६ चैत्र – नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको बिहेको कुरा सधैं चासोको विषय बन्ने गरेको छ। केही समयअघि राजेशले आफू चाँडै बिहे गर्ने तयारीमा रहेको बताएपछि भने उनले कहिले कोसँग बिहे गर्ने हुन् भन्ने उत्सुकता देखिएको छ। केही समयअघि राजेशकी प्रेमिका भन्दै उनको स्केच सार्वजनिक भएपछि सो विषयले निकै चर्चा पायो। आफूभन्दा आधा कम उमेर भएकी विराटनगर निवासी मधु भट्टराईसँग राजेशको सन् २००४ देखि प्रेम सम्बन्ध रहेको बुझिएको छ। मधुले सन् २००२ मा आयोजित ‘मेघा मोडल कन्टेस्ट’ र सन् २००४ मा आयोजित ‘लक्स ब्युटी स्टार’ मा भाग लिएका थिइन्। राजेश र मधुको भेट ‘लक्स व्युटी स्टार’ प्रतियोगितामा भएको थियो। उक्त प्रतियोगितामा राजेश प्रमुख निर्णायक थिए। सोही बेला मधुको प्रस्तुतिले नायक हमाल प्रभावित भएको बताइन्छ। मधुले ‘लक्स ब्युटी स्टार’ को उपाधि नजिते पनि फस्ट रनरअपको ताज भने हात पारेकी थिइन्।
सोही प्रतियोगितापछि राजेश र मधुको इमेलमा कुरा हुन थालेको थियो। सार्वजनिक कार्यक्रममा त्यति नखुल्ने राजेशसँग प्रेमको प्रस्ताव भने पहिलोपटक मधुले नै राखेकी थिइन्। प्रेम प्रस्ताव राखेको करिब ६ महिनापछि राजेशले स्वीकार गरेको बताइन्छ। स्नातकको पढाइ सकेर कुनै काम नगरेकी मधु लाजिम्पाटमा बस्दै आएको राजेशका सहयोगीहरूले बताएका छन्। मधुसँग बिहे गर्ने पक्कापक्की भएपछि राजेशले उनका लागि फ्ल्याटसमेत खरिद गरिदिएको बुझिएको छ। उनका सहयोगीका अनुसार राजेश र मधुको छिट्टै बिहे हुँदैछ। तर हालै मधुले राजेशलाई प्रेम गर्नै आउँदैन भनी अभिव्यक्ति दिएपछि दुईबीचको सम्बन्धमा असर पुगेको बताइएको छ। ५ फिट ६ इन्च अग्ली मधुले आफूलाई ग्ल्यामर क्षेत्र असाध्यै मन पर्ने बताउने गरेकी छन्। हरेक वर्षको दसैं र तिहारका अवसरमा अमेरिका, जापानलगायतका देश घुम्न मन पराउने नायक राजेशले यस वर्ष मधुलाई थाइल्यान्ड घुमाउन लगेको स्रोतले जनाएको छ। गत भ्यालेन्टाइन डेमा राजेश र मधुले सँगसँगै डेटिङ गरेको चलचित्रकर्मीहरू बताउँछन्। बिहेअघि मधुको वास्तविक पारिवारिक अवस्था र आफ्नो सम्बन्ध बाहिर ल्याउन नचाहेका राजेशले मधुसँगको डेटिङलाई निकै गोप्य राख्दै आएका छन्। राजेशले मधुको फोटो भने आफ्नै बेडको माथिल्लो भागमा राखेको उनी निकट एक कलाकारले बताए।
साभार तरुण साप्ताहिक

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.