‘मारुनी’ को अफिसियल पोस्टर सार्वजनिक,पुष्प र साम्राज्ञी संग रेबिका पनि


सेलिब्रेटी नेपाल

काठमाडौँ: यसपालीको तीजलाइ लक्षित गर्दै भदौ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मारुनी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । ‘कलर अफ लाइफ’उपशिर्षक दिइएको पोस्टरमा डेब्यु अभिनेत्री रेविका गुरुङ पनि अटाएकी छन् । कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का चलचित्रको मुख्य पात्र हुन् ।

त्रिकोणात्मक प्रेमकथालाई नवल नेपालले निर्देशन गरेका हुन् । पोस्टर रिलिज गरेसँगै निर्देशक नेपालले चलचित्रको कथाबस्तु खोलेका छन् । चलचित्रले महिला-महिला बीचको कथा बोल्छ पुनम गौतमले निर्माण गरेको चलचित्रमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको चलचित्रमा दीपक बज्राचार्य/अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल/नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ । यस अघि नै चलचित्रमा समाबेश दुइ गीत सार्बजनिक भई सकेको छ ।