‘आधा सुर’ निर्माणको घोषणा, भदौबाट फ्लोरमा


काठमाडौं । नेपाली फिल्म ‘आधा सुर’ निर्माण हुने भएको छ ।

फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा गरिएको हो । फिल्मलाई अशिन पौडेलले निर्देशन गर्दैछन् । अशिनले यो डेब्यू फिचर फिल्म हो ।

भदौ दोस्रो साताबाट छायांकनमा जाने फिल्ममा थिएटर कलाकारहरुको बाहुल्यता रहनेछ । अर्पण थापा, प्रविण खतिवडा, शिसिर वाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, मोहन जैशी, शुभांगम पराजुली लगायतको फिल्ममा अभिनय रहनेछ ।

फिल्मको कथा निर्देशक स्वयंम अशिन र सौरभ कार्कीले तयार पारेका हुन् । घोषणा कार्यक्रममा निर्देशक अशिनले मानिसको जीवनको आधा सुरको कथामा फिल्म निर्माण हुने बताए । साथै तीन साथीको वरिपरी फिल्मको कथा घुम्ने समेत उनले जानकारी दिए ।

काठमाडौं र पोखरा लगायतका स्थानमा छायांकन हुने फिल्मलाई बिष्णु घिमिरे ‘कल्पित’ले खिच्नेछन् । फिल्ममा रोशनराज थापाको संगीत, केशन रानाको सम्पादन रहनेछ ।