‘लभ डायरीज’ गीत सार्बजनिक, रोमान्टिक बने सुशील र रुविना (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ । बाबु प्रधानको एरेञ्ज रहेको गीतमा गायक सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर समाबेश छ । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको भिडियो लाइ सञ्जय लामाले छायांकन गरेका हुन्।

सौरभ चौधरीले यो चलचित्रको निर्देशन गरेका हुन् । उनले चलचित्रलाई राम्रो बनाउन आफूले कुनै कसर बाँकी नराखेको बताएका छन् । चलचित्रको नामको अर्थ बुझाउँदै उनी भन्छन्, ‘प्रेममा रहँदा विताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई ‘लभ डायरीज’ भनिन्छ । चलचित्रमा पनि सुशील र रुविनाको अविस्मरणीय प्रेमलाई देखाइएको छ ।’ उनले चलचित्रबाट आफू निकै आशावादी रहेको बताए ।

यो चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि मुख्य अभिनय छ । चलचित्र असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।