‘झिङ्गेदाउ’मा मुकुन,केकीपछि,आँचल फाइनल


सेलिब्रेटी नेपाल

काठमाडौं:अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘झिङ्गेदाउ’मा नायिका आँचल शर्माले पनि अभिनय गर्ने भएकी छन्।आँचलसंग बुधबार मात्रै सम्झौता गरिएको निर्देशक देउजाले डिसी नेपाललाई बताए।

यो चलचित्रमा ‘बुलबुल’बाट राम्रो तारिफ पाएका कलाकार मुकुन भुषाल र नायिका केकी अधिकारी फाइनल भैसकेका छन्। अझ केही कलाकार छनोट गर्न बाँकी रहेकोले ति कलाकार छनोटपछि औपचारिक कार्यक्रम गरेर चलचित्रबारे थप जानकारी दिने निर्देशक देउजाले सेलिब्रेटी नेपाललाई बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.