चलचित्रका दलालहरु समाप्त नभय सम्म चलचित्र बनाऊन्न,बिजय बस्नेत


(सेलिब्रेटी नेपाल) ५ चैत्र-नेपाली चलचित्र उद्योगमा सहिद,देवयानी,दलाल जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक बिजय बस्नेत यति बेला चुप चाप बसेका छन् । नेपाली चलचित्र उद्योग समाप्त पार्न केहि गिरोहहरु लागि परेका छन् । ति गिरोह हरु नाम चिनियकै अनुहार हुन् । राज्यको नीति र नियम लाई आत्म हत्या सम्म गर्नु पर्ने स्थिति बनाउने केहि मुट्ठी भर चलचित्र क्षेत्रका मैं हुँ भन्ने हरु अहिले नेपाली चलचित्र बजार लाई समाप्त पारेर एक छत्र राज गर्ने दिवा सपना देखेर बसेका छन् ।चलचित्र क्षेत्रका प्राय सबै संघ संस्था हरुमा ति गिरोह हरु सक्रिय भयर उथल पुथल ल्याऊछु भनेर लागि परेका देखिन्छन् । आफ्नो एक पैसा लगानी नगरिकन निर्माता,वितरक बनेर आफ्नो बाउको पुर्ख्यौली सम्झेर मोज गर्ने हल संचालक र वितरक सरकारको नीति नियम लाई लात  हानेर आफ्नो नीति नियम लागु गराउन खोज्ने प्रदर्शक बिचको ठुलो युद्ध हुने संकेत देख्छन् बिजय बस्नेत र जब सम्म यो अवस्था सुधार्न सकिन्न तब सम्म सिनेमा निर्माण नगर्ने अनि ति गिरोहको पर्दा फास गर्न लागि पर्ने निर्माता निर्देशक बिजय बस्नेत बताउंदछन् । अन्तमा भन्छन चलचित्रका दलाल होसियार,तिमि हरुको दिन सकिन लाग्यो …………………

बिजय बस्नेत सँगको कुराकानीमा आधारित

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.