‘बैना बट्टा’को पहिलो गित सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘बैना बट्टा’ को पहिलो गित सार्बजनिक गरिएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति चलचित्र बैनाबट्टाको पहिलो गित ‘तिमि सँग’ ओएसआर डिजिटल बाट सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ। गीतमा देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो ‘बैनाबट्टा’ । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ ।

मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गरेका हुन् भने ‘बैनाबट्ट’मा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहेको छ । चलचित्र असोज पहिलो हप्ताबाट नेपाल लगायत विभिन्न देशहरुमा प्रदशन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताएका छन्