बन्ने भो ‘फटाह फणिन्द्रे’


सेलिब्रेटी नेपाल


काठमाडौँ: चलचित्र ‘फटाह फणिन्द्रे’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो चलचित्रमा निर्माण गर्न लागेका हुन् । चलचित्रको निर्देशन समेत उनी आफैले गर्दैछन् । ‘तिम्रो लागि, ‘पाठशाला’लगायतका चलचित्र निर्माण गरेका अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । चलचित्र निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्द्रे’ मा खन्याउन लागेको खड्काले बताए ।

हुन त केही पहिले घोषणा भएको यो चलचित्रका लागि अहिले अभिनेत्री सुस्मा कार्की अभिनेत्रीको रुपमा छनौट भएकी छन् । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने चलचित्रको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिए ।

उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कार्तिकबाट सुरु हुनेछ ।