‘हजार जुनीसम्म’ अब पुरानै मितिमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: निर्देशक बिकासराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘हजार जुनीसम्म’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरहरुमा चलचित्रका मुख्य कलाकारलाई समेटिएको छ । पोस्टरमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, संचिता लुइँटेल, अनुभव रेग्मीसंगै डेब्यु ब्वाई अखिलेश प्रधान देखिएका छन् । पोस्टर सार्वजनिकसंगै चलचित्र साउन अन्तिममै प्रदर्शनमा आउने पक्का भएको छ । केहि समय अगाडी भाद्र ६ मा प्रदर्शन हुने चर्चा चलेता पनि चलचित्र साउन ३१ मै सार्बजनिक हुनेछ ।

चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।