अभिनेता तथा मोडल पोखरेल सम्मानित


सेलिब्रेटी नेपाल

काठमाडौं: अभिनेता तथा मोडल शिबिर पोखरेल सम्मानित भएका छन् । कतारमा आयोजना हुने ‘स्टार ईन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट तीन मनोनयन प्रमाणपत्र वितरण कार्यक्रममा उनी सम्मानित भएका हुन् ।

राजधानीमा हालै आयोजित एक कार्यक्रममा उनलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘स्टार ईन्टरनेशनल अवार्ड २०१९’ सम्मान द्धारा सम्मानित गरेका थिए । अमेरिकामा रहेर पनि नेपाली कलाक्षेत्रमा सक्रिय रहेका पोखरेललाई उनको कलाक्षेत्रप्रतिको लगावको मुल्याङकन गर्दै यो सम्मान दिइएको हो ।

सोही अवसरमा व्यबसायी अच्यूत सुवेदी,स्टार अफ किङ्गका प्रमुख मुनीर अव्दुल रहमान कान्डोथ तथा वरिष्ठ कानूनी सल्लाहाकार एवं स्टार ईन्टरनेशनल अवार्डका संयोजक नासिर अव्दुल रहमान र अवार्डका नेपाल संयोजक पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्ट समेत सम्मानित भएका थिए । पोखरेल चर्चित गायक सिताराम पोखरेलका छोरा हुन् ।