छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी


सेलिब्रेटी नेपाल

काठमाडौं । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छवि र शिल्पा पोखरेलबिरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिएकी छन् । उनले आईतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् । हेमाले दिएको जाहेरीमा लेखिएको छ, –मसंग सम्बन्ध रहँदा रहँदै वहुविवाह गरेकोले हिजोमात्र मैले विपक्षी पति छविराज ओझा र शिल्पा पोखरेलबीच मिति २०७५ साल पौष ११ गते विवाह दर्ता गरेको नीज विपक्षीहरुको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि फेला पारेपछि नीजहरुले वहुविवाह गरेको प्रमाणित नै भएकाले निज मेरो विपक्षी श्रीमान छविराज ओझाले घरमा श्रीमति (म)हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसंग वहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु । निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम सजाय गरि गरिपाउँ ।’

शिल्पा र छविले तीन वर्ष अगाडी गुपचुप विवाह गरेका थिए । छविको चौथो श्रीमतिको रुपमा भित्रिएकी शिल्पाले गएको महिना श्रीमान छविवाट घरेलु हिँसामा परेको भन्दै प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिईन् । त्यहाँ दुईबिच अब कहिल्यै झगडा नगर्ने भन्दै मिलापत्र भएको थियो । तर, कागजी सहमति भएपनि शिल्पा घर नफर्किने बताएकी थिईन् । शिल्पाले डिभोर्सका लागि केही दिनअघि अदालतमा निवेदन दिईसकेको बताएकी छिन् ।
छविको जेठी श्रीमतिको उजुरीसंगै छवि र शिल्पाबिचको विवादले नयाँ मोड लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.