अराजले ल्याए केटाहरुको तीज गीत (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजमा विवाहित नारीहरुले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरुले सुयोग्य पति पाऊँ भनेर पानी पनि नखाई व्रत बस्ने गरेको पाइन्छ । पछिल्लो समय विवाहित र अविवाहित पुरुषहरुले पनि श्रीमती तथा प्रेमिकाको दीर्घायुको लागि व्रत बस्ने गरेको यदाकदा सुन्ने गरिएको छ । तर, विशेषगरि विवाहित र अविवाहित युवतीहरुले तिजमा व्रत बस्ने गर्दछन् ।

गायक अराज केशवको स्वरमा रहेको ‘प्रभु’ बोलको गीतले भने तीजमा व्रत बस्ने अविवाहित पुरुषहरुको कथा वाचन गरेको छ । कलाकार बुद्धि तामाङ्गका डुव्लिकेटको रुपमा चिनिएका कुमार तामाङ्ग तिजमा व्रत बसेपछि दुईवटी युवतीको प्रेममा पर्छन् । र, अरु युवकलाई पनि तीजमा व्रत बस्न सुझाउँछन् । सार्वजनिक गीतको भिडियोमा अविवाहित पुरुषहरुले भगवान् शिवसँग सुयोग्य प्रेमिका माग्दै तीजमा व्रत बसेको देखाइएको छ ।

गीतमा गायक अराज स्वयंको शब्द तथा संगीत छ । भने, शैलेन्द्रमान प्रधानको एरेञ्ज छ । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियो प्रकाश कुमारले खिचेका हुन् । गीतको भिडियोमा एलिना ठकुरी, पुषु क्षेत्री, टिकाराम कुमार, काल भैरव, माधव श्रेष्ठ, मोहन सुनवार, आर्यन मगर र मुकेश नेपाली फिचर्ड छन् । चक्रबम, लालबहादुर धामी र मनिष खड्काको स्पेशल अपिरियन्स छ । मिलन विश्वकर्माको सम्पादन र कलर रहेको भिडियोलाई फरक बनाउने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् ।