अष्ट्रेलियामा आयोजना हुने तिजमेलामा कुलेन्द्रदेखि अञ्जली सम्मको प्रस्तुति


सेलिब्रेटी नेपाल

अष्ट्रेलियाका विभिन्न शहरहरुमा यहि अगष्ट २४ मा तिज मेलाको आयोजना गरिने भएको छ । नेपाली समुदायको आयोजनामा हुनलागेको यस कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका अब्बल सष्टाहरुको प्रस्तुति रहनेछ । नेपाली श्रोताहरुलाई चर्चित गीतहरुको गुञ्जन गराईसकेका सुमधुर स्वरका धनी कुलेन्द्र विश्वकर्माले तिजको माहोललाई यसपालि भरपुर रमणीय बनाउने छन । गायक विश्वकर्माको ‘सालको पातको टपरी’ चर्चित छ ।

NAQ को आयोजनामा सञ्चालन हुन लागेको तिज मेलालाई Your Finance hub को sponsor तथा Bishal Entertainment को वितरणमा यस ‘NAQ तीज मेला २’ हुने भएको हो । यस NAQ तीज मेला २ निकै नै रमाइलो हुने आयोजकले विश्वास लिएको छ । नृत्य तर्फ अञ्जली अधिकारीको धमकेदार नृत्यले माहोल उत्सवमय हुने अनुमान गर्न सकिन्छ । त्यस्तै, कलाकारहरु जुना श्रीस, पुर्णकला विसी, ऋचासिंह ठकुरी लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।

कार्यक्रममा उत्कृष्ट नृत्य प्रदर्शन गर्ने प्रतिस्पर्धीलाई पुरस्कारको समेत व्यवस्था गरिएको NAQ का साँस्कृतिक संयोजक तथा Bishal Entertainment का प्रवन्धक गोविन्द गैरे (विशाल) ले जानकारी गराएका छन । त्यस्तै, उत्कृष्ट पहिरनलाई समेत पुरस्कृत गरिनेछ । Lourdes Hill छ ollege मा हुने कार्यक्रम बेलुका ५ बजे देखि सुरुहुनेछ ।