(सेलिब्रेटी नेपाल) ४ चैत्र-मिस नेपाल २०१३ को १८औ संस्करणमा १८ युवती प्रतिष्पर्धामा छन् । डेढ महिनादेखी ब्यक्तित्व विकास लगायतमा प्रशिक्षण लिएका यी सुन्दरीहरुमा राजधानीका ५ र मोफसलका १३ जना छन् ।७ चैतमा प्रज्ञा भवन कमलादीमा हुने प्रतिस्पर्धामा झपाकी अस्मिता सिटौला र रिजु श्रेष्ठदेखी महेन्द्रनगरकी रचना भारतीसम्म सहभागी छन् । त्यस्तै, मेघना श्रेष्ठ (धरान), ऐश्वर्या उपाध्याय (इटहरी), रेनु पोखरेल (बिराटनगर), रोजिशा शाही ठकुरी (सिन्धुली), सुजाता बलामी (मकवानपुर), सुमी लामा (काभ्रे), सिपोरा गुरुङ र रक्षा थापा (पोखरा), बिन्दु केशी क्षेत्री (स्याङ्जा), माया सावद (धनगढी) यो स्पर्धामा छन् ।त्यस्तै समिक्षा श्रेष्ठ, सृतिमा शाह, इशानी श्रेष्ठ, ओसीमा बानु, प्रतिमा गिरीले राजधानीको प्रतिनिधित्व गरेकाछन् । यि सुन्दरीमध्ये सिपोरा राष्ट्रिय भलिवल खेलाडी हुन भने सुमी लामा मिस तामाङ २०१२ की विजेता । हिडन ट्रेजरको आयोजना र फेण्टाको मुख्य प्रायोजन रहेको यस पटकको प्रतियोगिताको प्रशिक्षकमा रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकार छन् ।
सम्बधित पोस्टहरु
गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ
सेलिब्रेटी नेपाल । विसं २०४८ सालको आमचुनाव संघारमै थियो । प्रजातन्त्र पुनर्बहालीपछिको त्यो पहिलो आम निर्वाचनले देशभर एक किसिमको नयाँ राजनीतिक तरङ्ग ल्याएको थियो । त्यही माहोलमा एक युवा हातमा ‘जय नेपाल जनसन्देश’ लेखिएको अडियो...
अन्याय र अत्याचारको विरुद्धमा ‘पाँच पाण्डव’को ट्रेलर
अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ
‘मिस एण्ड मिसेज हेरिटेज २०२६’मा नेपालको प्रतिनिधित्व पुर्णिमा र सुनिताले गर्ने
सेलिब्रेटी नेपाल । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिसेस एन्ड मिस हेरिटेज २०२६’मा नेपालको प्रतिनिधित्व पुर्णिमा शाही ठकुरी र सुनिता आचार्यले गर्ने भएका छन् । थाइल्याण्डको बैंककमा यहि २० नोभेम्बरदेखि आयोजना हुने प्रतियोगीतामा...
पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ४० चलचित्र प्रदर्शन
सेलिब्रेटी नेपाल। काठमाडौं महानगरपालिकाको आयोजनामा पहिलोपटक सञ्चालन भएको ‘काठमाडौं फिल्म फेस्टिभल’ शनिबार सम्पन्न भएको छ। बौद्धस्थित तारागाउँ नेक्स्टको एम्फिथिएटरमा आयोजित समापन समारोहसँगै तीनदिने महोत्सवको औपचारिक समापन गरिएको...
बेथिति र स्वार्थी व्यवस्थामाथि व्यङ्ग्य गर्दै ‘भाग भेडा भाग’
नयाँ पुस्ताका कलाकारको ऊर्जा र सामूहिक प्रयासमा तयार भएको ‘भाग भेडा भाग’
क्यान्सरलाई जितेकी अभिनेत्री क्षितिजा शाक्य सचेतना अभियानमा सक्रिय
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रमा अभिनयमार्फत पहिचान बनाएकी अभिनेत्री क्षितिजा शाक्य क्यान्सरलाई जितेपछि अहिले क्यान्सर सचेतना अभियानमा सक्रिय भएकी छन्। ‘घामछायाँ’, ‘नातेदार’ र ‘फोर्स’ लगायतका चलचित्रमा अभिनय गरेकी...




