जयवीर तामाङको ‘आजभोली गाउँघरमा’सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं । ‘म्हेन्दोमाया’ गायक जयवीर तामाङको ‘आजभोली गाउँघरमा’ बोलको मौलिक नेपाली लोक पप गीत सार्वजनिक गरिएको छ । गीतमा जयवीरको शब्द तथा स्वर छ । गीतमा पवन वाङ लामाको कम्पोज तथा एरेञ्ज छ । सार्वजनिक गीतको भिडियोलाई नरमान तामाङ (रविन)ले निर्देशन गरेका हुन् । उनले यसअघि २ वटा तामाङ चलचित्रका साथमा थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

गीतको भिडियोमा भने मोडल पूर्णिमा लामा, मन तामाङ फिचर्ड छन् । धादिङ जिल्लाको रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियो आकर्षक देखिन्छ । मोडल पूर्णिमाले दुई दर्जन बढी भिडियोमा अभिनय गरिसकेककी छिन् । त्यस्तै मनले सालैजा लगायत अन्य केही गीतमा मोडलिङ गरेका छन् । गीतको भिडियोलाई प्रकाश वाइवाले छायांकन गरेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.