डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजीत कार्यक्रममा जानकारी दिइयो । चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो ।विजेता गिरीको प्रस्तुति रहने चलचित्रको कार्यक्रममा चलचित्रको टिजर सार्बजनिक पनि गरिएको थियो।

चलचित्र ‘डा.सिके राउत द प्यासन’ घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिजले केक काटेको थियो । डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा चलचित्रको निर्माण टिम र कलाकारलाई चिनाइयो । डा. राउतले आफूलाई डेढ महिना अघि चलचित्र निर्माण टिमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।

बाबुको लगानीमा बन्ने चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन चलचित्रमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन्। चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । एसोसियट निर्देशक नबराज शर्मा रहने चलचित्रलाइ पवन गौतमले छायांकन गर्नेछन् । रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। चलचित्र नेपाली भोजपुरी र हिन्दि भाषामा बन्ने छ। चलचित्रको लागत अहिलेलाइ डेढ करोड अनुमान गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.