“तितो सत्य” ५०० भाग, नेपाली दर्शकको रोजाई कमेडी


टेलिश्रृखला तितो सत्यले पाँच सय भाग पुरा गरेको छ। सोहि अवसरमा निर्माण पक्षले शनिबार त्रिभुवन आर्मीअफिसर्स क्लबमा एक कार्यक्रमको आयोजना गरेर सबै माझ खुसी साटासाट गरेको छ। कार्यक्रममा मदन कृष्ण श्रेष्ठ, हरि बंश आचार्य, महानायक राजेश हमाल, करिश्मा मानन्धर, बशुन्धरा भुषाल, शम्भुजित बास्कोटा लगायत चलचित्र क्षेत्रका धेरै कलाकारहरुको उपस्थिति रहेको थियो । टेलिभिजन बाट प्रशारण हुने सबै कार्यक्रम भन्दा तितो सत्य लोकप्रिय भयको कुरा कार्यक्रममा बोल्ने सबैले बताय । नेपाली दर्शक को रुचि अन्य बिसयमा भन्दा कमेडीमा बढी भयको तितो सत्यले पुस्टि गरेको छ ।

तितो सत्यले आफ्नो ५०० भाग पुरा गरेको अबसरमा बिभिन क्षेत्रका तिन जना व्यक्तिलाई सम्मान गरिएको थियो ।आमा सरस्वती मुभिजका ब्यानरका लागी दिपकराज गिरीको लेखन निर्देशनमा निर्माण हुदै आएको श्रृखलामा दिपक राज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा लगायत कलाकारको नियमीत अभिनय रहदै आएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.