‘हजार जुनीसम्म’ को दोस्रो गीत सार्वजनिक, दीपाश्री र आर्यनको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘हजार जुनीसम्म’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आज नगद भोलि उधारो’ गीतमा दीपाश्री निरौला फिचर्ड छिन् । गीतमा दीपासंगै आर्यन सिग्देल र शिवहरी पौडेल देख्न पाइनेछ। तिन चलचित्र ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै गरेको देख्न पाएका हुन् । गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा प्रस्तुत भएकी छिन् । गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अखिलेस प्रधान, कलाकार राम चन्द्र अधिकारी, उत्तम केसी लगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजलको कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

‘आज नगद भोली उधारो’ बोलको गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा संचिता लुइँटेल , अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता रहेका छन् । चलचित्र भाद्र ६ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ