भुवनको ‘साईनो’ को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: वरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्र ‘साईनो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो सार्बजनिक ट्रेलरमा नीता ढुंगाना, मीरुना मगर र राज कुमारबीचको प्रेमलाई देखाइएको छ ।

साउन २४ गते देखि सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा नीता, मिरुना र राजसँगै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली लगायतका कलाकारको अभिनय छ । अभिमन्यु निरवीले लेखेको चलचित्रको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । रमेश थापा निर्देशित चलचित्रले केही समय पहिले सार्वजनिक शिर्ष गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि आव्हानन गरेको थियो ।