छबी र शिल्पाको सम्बन्ध अब कसरि अघि बढ्ला ?


सेलिब्रटि नेपाल

काठमाण्डौ :अभिनेत्री तथा निर्मात्री शिल्पा पोखरेल र चलचित्र निर्माता छबीराज ओझाबीच झगडा भएको समाचार बाहिरिएको छ ।यो झगडाले संचारमाध्यमहरुमा धेरै स्थान पायो। केहि समय अगाडी देखि नै उनीहरुबीच मनमुटाब भएको थियो। शिल्पाले प्रहरी समक्ष आफ्नै श्रीमान छबिबाट असुरक्षित भएको भन्दै उजुरी दिएपछि उनीहरु बीचको झगडा सार्बजनिक भएको हो । स्रोतका अनुसार छबीराजले शिल्पालाई हात नै हालेको र कानको जाली समेत फुटेको बताइएको छ। पोखरेलले आफ्नै श्रीमानबाट असुरक्षित भएकाले शान्तिसुरक्षाको माग गरेकी छिन। उक्त उजुरीबारे बुझ्न प्रहरीले हिजो(बुधबार)नै छलफलको लागि बोलाएको थियो, तर छबि आफु बिरामी भएको र छलफलमा उपस्थित हुन नसक्ने भनेपछि आज(बिहिबार)को लागि प्रहरी परिसरमा बोलाएको छ। झन्डै ३ वर्ष अगाडी दुबैले सुटुक्क बिहे गरेका थिए तर दुइबीच मनमुटाब किन भएको भन्ने बारे एकिन कारण खुल्न सकेको छैन। नायिका रेखा थापासंग छबीको डिभोर्स भएपछी शिल्पालाई चौथो श्रीमतीको रुपमा विवाह गरेका थिए।

पछिल्लो समय छबी र शिल्पाको विभिन्न समारोहहरुमा उपस्थिति पनि पातलिदै गएकोथियो। छबीसंगको सम्बन्ध चिसिन सुरु भएपछी भने शिल्पा छबीकि पुर्वपत्नी एबम अभिनेत्री रेखा थापा संग नजिकिएकी थिइन। लामो समय देखि आफुहरुको सम्बन्ध लुकाउन सफल भएपनि १ वर्ष अगाडी दुवैले विवाह भैसकेको सार्बजनिक गरेका थिए।

थुप्रै म्युजिक भिडियोमा मोडलको रुपमा रहेकी शिल्पालाई चलचित्र ‘लज्जा’ मार्फतछबीले ब्रेक दिएका थिए। त्यसपछि छबीको ब्यानरमा बनेका हरेक चलचित्रमा शिल्पालाइ छुटाएका थिएनन्। आफुले निर्माण गरेका हरेक चलचित्र प्रदर्शन मिति नजिकिए पछि उनीहरु आफ्नो सम्बन्धको बारेमा विभिन्न चर्चा परिचर्चाहरु गर्न समेत गर्थे। अब शिल्पा र छबीबीचको सम्बन्ध कसरि अगाडी बढ्छ , त्यो त समयले नै बताउला।