दर्शक तर्साउन आउदैछ ‘घर’


सेलिब्रेटी नेपाल

काठमाडौँ: श्रावन ३ गतेलाई रिलिज मिती तय गरेको चलचित्र ‘ घर ‘ हरर जनरामा बनेको छ । यस चलचित्रमा नायिका सुरक्षा पन्तको लूक्सलाइ फरक किसिमले देखाइएको छ। उसै त नेपालमा हरर जनराका चलचित्रहरु एकदम कम बन्ने गर्छन त्यहि माथि ति फाट्टफुट्ट बनेका हरर जनराका चलचित्रहरुले पनि दर्शकहरुलाई डराउन सकेको छैन। यस्ता चलचित्रले दर्शकलाई हेरुञ्जेल डर पैदा गर्नु त कहाँ हो कहाँ उल्टै हसाउने गरेको पाइन्छ। हरर ड्रामा नचलिरहेको अवस्थामा निर्देशक अर्पण थापाले भने फेरी एकपटक यस्तै चलचित्र निर्माण गरेका छन्। यस चलचित्रको निर्देशक, कलाकार तथा निर्देशक समेत रहेका अर्पण थापाले चलचित्र ‘सुनकेशरी’ बाट पाएको असफलतालाइ घरबाट पूर्ति गर्नुपर्ने देखिन्छ।

चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त, अर्पण थापाका साथै बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको आदि कलाकार रहेका छन्। चलचित्र ‘घर’ को ट्रेलर सार्बजनिक भएसंगै भने दर्शकहरुको ध्यान खिच्न सफल भएको छ। नयाँ घर सरिसकेपछि त्यहाँको आत्माले तर्साउने कथा बस्तुलाइ चलचित्रमा समेटिएको छ। चलचित्रलाई यस अघि ‘लभ लभ लभ’ र ‘चंगा चेट’ निर्माण गरिसकेकी शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। डीएस डिजिटलको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाइ दीपेन्द्र के खनाल र सुरज पाण्डेले निर्माण गरेका छन्। चलचित्रमा निरज कँडेलको छायाँकन रहेको छ भने सह निर्माता सन्तोष अधिकारी रहेका छन् । चलचित्र ‘घर’लाइ मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.