श्वेताश्री फाउण्डेशनलाई ‘जात्रै जात्रा’ ले दियो १ लाख ११ हजार


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेत्री श्वेता खड्काले संचालन गरेको ‘श्वेताश्री फाउण्डेशन’लाई चलचित्र ‘जात्रै जात्रा’ युनिटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । चलचित्रले ५१ दिन मनाएको अवसरमा शनिबार आयोजित कार्यक्रममा सो रकम अभिनेत्री श्वेतालाई हस्तान्तरण गरिएको हो । ‘जात्रै जात्रा’का कलाकार ‘को बन्छ करोडपति’ कार्यक्रममा सहभागि भएका थिए । सहभागि भएर जितेको रकम श्वेताश्री फाउण्डेशनलाई दिने युनिटको उद्घोष थियो ।

‘कार्यक्रममा १० हजार मात्र जित्यौं । त्यसमा हाम्रो टिमबाट १ लाख रुपैयाँ थपेर यो रकम हस्तान्तरण गरेका हौं’ शनिबार रकम हस्तान्तरण गर्दै निर्देशक प्रदिप भट्टराईले भने । श्वेताले फाउण्डेशनमार्फत सिन्धुपाल्चोकमा माझी बस्ति निर्माण गरिरहेकी छिन् । चलचित्र युनिटबाट पाएको सहयोगले आफूलाई सामाजिक काममा अगाडि बढ्न हौसला मिल्ने अभिनेत्री खड्काले बताईन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.