‘मिस्टर एन्ड मिस नेपाल टिन २०१९’ सकियो काठमाडौँ अडिसन


सेलिब्रेटी नेपाल

काठमाडौँ: किशोर समुहका युवायुवतीहरुलाई लक्षित गरी नेतृत्व बिकास,मोडलिङ र आत्माविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ ‘मिस्टर एन्ड मिस नेपाल टिन २०१९’ को काठमाडौ अडिसन सम्पन्न भएको छ। किशोर समुहका युवायुवतीहरुलाई लक्षित गरि नेतृत्व बिकास,मोडलिङ र आत्मविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ ‘मिस्टर एन्ड मिस नेपाल टिन २०१९’ को काठमाडौमा सम्पन्न भएको अडिसनमा निर्णायको भूमिकामा कोरियोग्राफर रोजिन शाक्य, अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनिया, मिस्टर ग्राण्ड इनटरनेसनल पंकज सिंह ठकुरी, मिस टिन २०१७ दिक्षा अवस्थी र एस.एल.सी प्रिन्श तथा अभ्यानी प्रोडक्सनका एम. डी अनिकेथ अधिकारी रहेका थिए ।

सौन्दर्य प्रतियोगिता मार्फत मोडलिङ क्षेत्रमा प्रबेश गर्ने चाहना भएका साथै कक्षा १२को परिक्षा दिएर फुर्सदको समयमा बसेका बिद्यार्थीहरुलाई अन्तरास्ट्रिय स्तरका कोरियोग्राफर ,मेन्टर तथा अन्तरास्ट्रिय प्रतियोगिताका बिजेताहर सम्मिलित निर्णायक मन्डलबाट छनौट गरि करिब ३० दिन लामो विशेष प्रशिक्षण पस्चात राष्ट्रिय नाचघर जमलमा अन्तिम प्रतिस्पर्धा गराइने छ।

प्रतियोगिताको कोरियोग्राफरको रुपमा अन्तरास्ट्रिय स्तरमा नै ख्याति प्राप्त कोरियोग्राफर तथा टिभि होस्ट रोजिन शाक्य छन् यस सौन्दर्य प्रतियोगिताको विजेताले नेपाललाई अन्तराष्ट्रिय प्रतियोगिता मिस टिन वर्ल्ड (Miss Teen World), मिस टिन युनिभर्ष(Miss Teen Universe) र मिस्टर नेपाल टिनले मिस्टर नेपालमा जाने साथै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने भएर पनि ‘मिस्टर एण्ड मिस नेपाल टिन २०१९’ भिन्न रहेको कुरा अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनियाले बताए। काठमाडौँपछि देशका ६ मुख्य शहरमा अडिसनवाट छनौट गरी प्रशिक्षण सुरू हुनेछ। यसका साथसाथै विजेताले ५० हजार नगद पुरस्कार, निशुल्क IELTS, TOEFL, GRE, GMATका क्लासहरु, निशुल्क फोटोग्राफी तथा मेकअप तालिम, रेडियो तथा टिभि अन्तरवार्ता र विभिन्न विज्ञापनमा खेल्ने अवसर पनि पाउने छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.