(सेलिब्रेटी नेपाल) ३ चैत्र – कुबेतस्थित नेपाली दूतावासले नेपाली कलाकारको भिसा प्रक्रियामा कडाई गर्ने भएको छ । गृह र संस्कृति मन्त्रालयको सहमति र परराष्ट्रको सिफारिसबिना दूताबासले भिसाका लागि सहयोग नगर्ने भएको हो ।कुबेतमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा मदिार पिएर नेपाली-नेपालीबीच नै ‘ग्याङवार’ हुन थालेपछि कलाकारकै भिसा प्रक्रिया कडाई गर्ने दूतावासले निर्णय गरेको खबर छ । ‘रक्सी नखानुहोस्, हुलहुज्जत नगर्नोस भनेर बारम्बार भन्दै आएका थियौं,’ कुबेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने, ‘गत साता नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा यस्तो डरलाग्दो ग्याङफाइट भयो, जसले गर्दा अब आउने कलाकारलाई भिसा प्रक्रियामा सिधै सहयोग नगर्ने निणर्य दूतावासले गरेको छ । सांस्कृतिक कार्यक्रममा रक्सी सेवन गरी दर्शकबीच नै झगडा हुँदा त्यहाँ कार्यरत र नेपालबाट आउने नयाँ कामदारलाई अप्ठेरो पर्ने देखिएको दूतावासले जनाएको छ ।
सम्बधित पोस्टहरु
पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन
काठमाडौं । कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने युनिभर्सको सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दूर’ को छायांकन सुरु भएको छ। सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको...
चौथो हप्तामा पनि ‘पेन्सन पट्टा’को दबदबा, ८ करोड ५० लाख ग्रस कलेक्सन
‘स्टारडमभन्दा कथा बलियो हुन्छ’ : दयाहाङ राई
‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित
काठमाडौं। असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चंगुल’को प्रिमियर बुधबार राजधानीको लोत्से मलस्थित आईएनआई सिनेमाजमा सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका कलाकार तथा सिनेमा क्षेत्रका व्यक्तित्वसँगै घाइते जेन्जी नेपालका प्रतिनिधिहरूको...
‘आ बाट आमा २’ को छायांकनका लागि पल, निर्देशक चन्द्र र रिश्ताको टिम हङकङमा
काठमाडौँ। आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। चलचित्रको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य...
अवार्डसँगै ‘आमा’ गीत विमोचन, यमन ग्लोबल म्युजिक अवार्ड सम्पन्न
काठमाडौं । यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरटेन्टमेन्टको आयोजनामा गत असोज १० गते शनिबार काठमाडौंको नयाँ बानेश्वर–शंखमुलस्थित आईएनआई सिनेमा हलमा अवार्ड समारोह आयोजना गरिएको हो। दिउँसो ३...
पल शाह र मलिका महतको ‘अचेल किन कान्छी’मा रमाइलो डान्स
पल शाह, मलिका महत, बिपना थापा लगायतको मुख्य भूमिका छ।



