कबड्डी तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: कबड्डीको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को पोस्टर तथा टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको टिजर सार्बजनिक गरिएको हो । चलचित्र आगामी भाद्र १३ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ । यसका दुई सिरिज सुपरहिट भैसकेकाले गर्दा पनि यो चलचित्र प्रति दर्शकको चासो र उत्सुक्ता निकै रहेको छ ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.