‘यो माया कस्तो माया’ को पहिलो गीत सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘यो माया कस्तो माया’को ‘हुन्न है’ बोलको गीत सार्वजनीक गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । किशान पोखरेलको निर्देशनमा तयार चलचित्र ‘यो माया कस्तो माया’ को प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्र असोज सम्ममा प्रदर्शन हुने बताउदै निर्देशक पोखरेलले चलचित्र पूर्ण रुपमा प्रेमकथामा आधारीत रहेको पनि खुलाएका छन् ।

चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत , शिवानी मोक्तान तथा उद्धिपध्वज थापाको आवाज रहेको छ । गीत लेखन भने अम्बीका शर्माको रहेको छ । चलचित्रको यस गीतमा दिवस धिताल र रितु पौडेल फिचरीङ छन् । गीतमा कोरियोग्राफि भने कबिराज गहतराजको रहेको छ । दिव्य सुवेदीको छायांकन रहेको छ भने सम्पादन अर्जुन जिसिले गरेका छन ।

निर्देशक किसान पोखरेलले यस अघि भुषण आनन्द ठकुरी निर्देशक रहेको स्विकार्दै ति निर्देशकले चलचित्र निर्देशक बिचैमा छोडि अलपत्र पारेको कारण सम्पूर्ण जिम्मेवारी आफूले सम्हालेर चलचित्र तयार गरेको बताएका छन् । चलचित्रका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक , समृद्धि श्रेष्ठ , बिशाल गुरुङ , कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.