गौरवमय ५१ दिनमा ‘जात्रै जात्रा’


काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ आज शनिबारबाट प्रदर्शनको गौरवमय ५१ दिनमा प्रवेश गरेको छ । गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र राजधानीका ७ वटा हलमा ५१ दिनमा प्रवेश गरेको निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । राजधानी बाहिरका केही हलमा पनि चलचित्र ५१ दिनमा प्रवेश गरेको छ ।

सुन तस्करीको कथामा निर्मित चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतको अभिनय छ । चलचित्रलाई दर्शकले असाध्यै रुचाएका छन् ।

चलचित्रमा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी छ । त्यस्तै कलाकार रविन्द्र सिंह बानियाँ चलचित्रका कार्यकारी निर्माता हुन् । यो संगै निर्देशक प्रदिपले ५१ दिन मनाउने चलचित्रमा ह्याट्रिक गर्न सफल भएका छन् । प्रदिपले यसअघि निर्देशन गरेका दुई चलचित्र ‘जात्रा’ र ‘शत्रु गते’ले गौरवमय ५१ दिन मनाएका थिए ।

‘जात्रै जात्रा’ले ५१ औं दिन मनाएको अवसरमा निर्माण यूनिटले शनिबार साँझ राजधानीमा सक्सेस पार्टीको आयोजना गर्दैछ ।