‘सरौतो’को पहिलो गीत ‘कुले दाइ’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सरौतो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘कुले दाई’ बोलको गीत सार्वजनिक गरिएको हो। राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजन र मिलन नेवारको स्वर छ। चलचित्रका मुख्य कलाकार सन्नी सिंह र सुमी मोक्तानले भिडियोमा कम्मर मर्काएका छन्। भिडियोमा यी दुईको केमेष्ट्रि गज्जब देखिएको छ।

यो भिडियोमा निशिला शाक्य र हरी हुँमागाईँको कोरियोग्राफी छ। चलचित्र ‘सरौतो’लाई एक दशकदेखी म्यूजिक भिडियो, विज्ञापन र चलचित्र छायाँकनमा सक्रिय हरी हुँमागाईँले निर्देशन गरेका हुन्। चलचित्रको कथा राघव कृष्ण गौतमले लेखेका हुन्।

सन्नी र सुमीका साथमा चलचित्रमा पराक्रम (पिजेबी) राणा, विजय लामा, युवराज लामा, सम्पदा दाहाल, अमिर गौतम, अरुणा कार्की, धिरेन शाक्य लगायतको अभिनय छ। बदलाको कथामा निर्मित यो चलचित्र कार्तिक २२ गतेबाट प्रदर्शनमा आउनेछ।

चलचित्रमा उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , कलर प्रविन मानन्धर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको द्वन्द रहेको छ । चलचित्रमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ । चलचित्रको निर्माता सृजना जोशी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.