एक्सन चलचित्र ‘सत्या’ ट्रेलर तथा पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार विकास थापा मगरको जन्मदिन सेलिब्रेसन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर र पोस्टर सार्वजनिक गरेको हो ।

कात्तिक २२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘सत्या’ ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वलाई देखाइएको छ । मिलन आले मगर निर्देशित चलचित्रमा विकासका अलावा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्षा थिङ्ग, सुमन खत्री, विकास थापा, गौरव सम्राटलगायतको अभिनय छ । निर्देशक मगरले चलचित्र सत्य घटनामा आधारित भएर बनेको बताए ।

यो चलचित्रमा विकास चौधरीको संगीत, सुमन कुमार तण्डुकारको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, श्रवण सम्राटको कथा र देव महर्जनको द्वन्द्व छ । फिल्मको गीतमा रामजी लामिछाने, सुरेश पाण्डे र सुरेश बस्यालको कोरियोग्राफी छ । झम्कीदेवी कालाखेती, सुमन खत्री र करण सिंह बोहोरा निर्माता रहेको चलचित्रमा मदन थिङ्ग कार्यकारी निर्मातामा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.